करोड खर्चेर बनाइएको फाप्लु विमानस्थलको प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन
सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा निर्माण गरिएको मुख्य प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाखको लागतमा २०७७ सालमा निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौदेखि प्रयोगमा आउन नसकेको हो ।
नयाँ निर्माण गरिएको विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरू समस्या मोलेर साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थल भित्रिने र बाहिरिने फरक–फरक राखेर बनाइएको मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मीहरू कार्यालय प्रवेश गर्ने साँघुरो मार्ग प्रयोग गर्न यात्रुहरू बाध्य बनेका हुन् । वैकल्पिक मार्ग अत्यन्त साँघुरो हुँदा अत्यावश्यक बिरामीहरू धावनमार्गसम्म लैजानुपर्ने भएमा स्टेचर प्रवेश गराउन समेत कठिन रहेको प्रत्यक्षदर्शी बताउँछन् । साथै विमानस्थलमा ठूला समाग्रीहरू प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने भएमा समेत कठिन रहेको स्थानीय बताउँछन् । राज्यको करोडौँ लगानीमा निर्माण गरिएको उक्त संरचना वर्षौँदेखि उपयोगविहीन हुँदा समेत सम्बन्धित पक्ष मुकदर्शक बनेका छन् । यता नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले उक्त गेटको प्रवेशद्वारभन्दा भित्री भागको वालको करिब पाँच मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताए ।
साथै धावनमार्ग माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपछि मात्रै सञ्चालन गर्न सकिने आचार्यको भनाइ छ । मर्मतका लागि आफूले प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको उनले जानकारी दिए । तर न त मर्मतमा कसैले चासो नै दिएको छ न त निर्माणसम्पन्न भएको संरचना सुचारु गराउनमै कसैको ध्यान गएको छ । प्राधिकरणका आयोजना प्रमुख इन्जिनियर रत्न बहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गरे । नयाँ गेट वर्षौँदेखि उपयोगविहीन हुँदा यात्रुलाई समस्या हुनका साथै सुरक्षामा समेत चुनौती आउन सक्ने भन्दै सञ्चालनका लागि पहल गर्ने उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया