Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुमा कम्पनी दर्ता गराउनेको संख्या ५६ प्रतिशतले घट्यो, राजस्वमा ४८ प्रतिशतले गिरावट

सोलुमा कम्पनी दर्ता गराउनेको संख्या ५६ प्रतिशतले घट्यो, राजस्वमा ४८ प्रतिशतले गिरावट


सोलुखुम्बु । सोलुखुम्बुमा कम्पनी दर्ता गराउनेको संख्यामा भारी गिरावट आएको छ । गतआर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योग तथा वाणिज्य फर्म दर्ता गराउनेको संख्या ५६ दशमलव ४४ प्रतिशतले गिरावट आएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सुचना अधिकारी सुनिता राईका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि मंसिरसम्ममा दुई सय एकवटा उद्योग र २४ वटा वाणिज्य फर्म दर्ता भएको छ । तर चालू आर्थिक वर्ष २०७९÷०८० को सोही अवधिमा ७४ वटा उद्योग र २४ वटा वाणिज्य दर्ता भएका छन् । जुन संख्यात्मक हिसाबले एक सय २७ वटाले र प्रतिशतको हिसाबले ५६ दशमलव ४४ ले कमी हो । कार्यालयमा फर्म दर्ता गराउनेको संख्यामा भारी गिरावट आएसँगै राजस्व संकलनमा पनि ४८ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा चार लाख ७० हजार आठ सय राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा दुई लाख ४० हजार एक सय ५० रुपैयाँ मात्रै राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गतवर्ष कोभिडका कारण गाउँ फर्किएका नागरिकहरूले अनुदानका लागि विभिन्न फर्म दर्ता गर्ने क्रम बढेको भए पनि यसवर्ष अनुदान कार्यक्रमहरू नहुँदा फर्म दर्ता गराउनेको संख्या घटेको उद्योग अधिकृत संगिता थुलुङ राईले बताइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x