Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलोप हुँदै ढिकी र जाँतो

लोप हुँदै ढिकी र जाँतो


सोलुखुम्बु । माथिल्लो सगरमाथाका जिल्लाहरू सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पछिल्लो समय ढिकी र जाँतो लोप हुँदै गएका छन् । गाउँघरमा आधुनिक मिल जडान हुन थालेपछि यी संरचना नै हरायन थालेका हुन् ।

आधुनिक मिलको प्रयोग गर्दा छिटोछरितो गरी काम हुने भएकाले अन्नहरू मिलमै पिस्ने गरेकोे खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खाकी सर्मिला राईको भनाइ छ । उनले भनिन् ‘हामीले ढिकीजाँतो प्रयोग नगरेको धेरै भयो, अहिले त मिल नै सजिलो छ, त्यही भएर अब ढिकीजाँतोमा अन्न कुट्ने पिस्ने बेला गयो ।’ पुर्खाहरूले विद्युत् नहुँदा बिहान र बेलुका ढिकीजाँतोमा अन्न पिस्ने वा कुट्ने गर्दथ्ये । त्यति बेला गुञ्जायमान हुने गाउँघर अहिले सुनसान हुन थालेका छन् ।

अहिले आधुनिक मिल आएर सहज भए पनि जाँतोमा पिसेको अन्न नै स्वादिलो र लाभदायिक हुनेगरेको सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका नेलेका डिगमाया बस्नेत बताउँछिन् । ‘सहजताको हिसाबले मिल सजिलो होला, काम गर्न ज्यानलाई सुविस्ता होला तर स्वाद र स्वास्थ्यको हिसाबले त कता हो कता ढिकीजाँतोमै कुटेको र पिसेको अन्न राम्रो नि, अब के गर्नु अहिलेको मान्छेहरूले त्यो गर्दैनन्’, बस्नेतले भनिन् । अहिले शुल्क तिरेरै भएपनि महिनाभरिलाई पुग्ने अन्न मिलमा लाने गरेका छन् ।

पुर्खाहरूले धान, गहुँ, मकै, कोदोलगायतका अन्न ढिकीजाँतोमा पिस्ने गरेको पाइन्थ्यो, तर अहिले गाउँघरमा समेत ढिकीजाँतो कमै मात्रामा देखिने गरेको ओखलढुंगा मानेभञ्ज्याङका हित बहादुर राईको बताउँछन् । परम्परागतरूपमा प्रयोग हुने मौलिक ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यको हिसाबले ढिकीमा कुटेको पीठो तथा जाँतोमा पिसेको अन्न लाभदायिक हुने भए पनि आधुनिक प्रविधिको विकाससँगै ती पुराना सामग्रीहरू इतिहास बन्न थालेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x