Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रादेशिक अस्पतालको बर्न वार्डलाई ५४ लाखको सामान हस्तानान्तरण

प्रादेशिक अस्पतालको बर्न वार्डलाई ५४ लाखको सामान हस्तानान्तरण


जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा अग्निजन्य हिंसाबाट प्रभावितको उपचारमा सहयोग गर्ने उद्देश्यले ५४ लाख रूपैयाँबराबरको सामानहरू हस्तानान्तरण गरिएको छ । अग्निजन्य हिँसाको प्रभावितका क्षेत्रमा काम गरिरहेको संस्था बीभीएस नेपाल आयोजना तथा एक्सन एडको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको बर्न वार्डमा छ बेड थप्नको लागि चाहिने आवश्यक सामानहरू प्रदान गरिएको छ ।

प्रादेशिक अस्पतालको वर्न वार्डमा अग्निजन्य हिंसाका प्रभावितको संख्यामा वृद्धि भइरहेकाले वर्तमान अवस्थामा अस्पतालसँग रहेको छ बेडको बर्न वार्डले कठिनाइ भइरहेको बेला विभिन्न २० वटा सामानहरू प्रदान गरिएको हो । हस्तानान्तरण गरिएको सामानहरूमा बर्न बेड छ थान, दुई टनको एसी दुई थान, रेफ्रिजेरेटर दुई थान, ड्रेसिङ सेट १२ थान, ह्वीलचेयर छ थान, फोल्टेवल चेयर छ थानलगायतका अग्निजन्य हिंसा प्रभावितको उपचारमा प्रयोग हुने सामानहरू रहेका छन् । प्रादेशिक अस्पतालका तर्फबाट ती सामानहरू ग्रहण गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले बीभीएस नेपालको सहयोगमा पाएको सामानहरूले बर्न वार्डको सेवा विस्तारमा सहयोग पुग्ने बताए ।

कात्तिकदेखि फागुन महिनासम्म चिसोका कारण आगोको ताप्नेलागायतका गतिविधिका कारण अग्निजन्य हिंसा प्रभावितको चाप बढेको गरेको छ । एक वर्षमा प्रादेशिक अस्पताल जनकपुरधाममा ८० भन्दा बढी अग्निजन्य हिंसाको प्रभावित सेवा लिन आएको बीभीएस नेपालका दिपेन्द्र तिवारीले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x