Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफागुनमा ‘दोलखा महोत्सव’ हुने

फागुनमा ‘दोलखा महोत्सव’ हुने


दोलखा । कोरोना भाइरसको कारण लामो समय थलिएको दोलखाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी फागुनमा ‘दोलखा महोत्सव’ हुने भएको छ ।

दोलखा चेम्बर अफ कमर्सले फागुनको २१ देखी २७ गतेसम्म एक साता लामो महोत्सव गर्न लागेको हो । लामो समयदेखि सुस्ताएको जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन दोलखा महोत्सव २०७९ आयोजना गर्ने तयारी थालेको चेम्बर दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए । जिल्लाको कृषि क्षेत्र, पर्यटन क्षेत्र, व्यापार व्यवसाय क्षेत्रलाई उकास्ने साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई दोलखा जिल्लालाई समृद्ध बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले महोत्सव गर्न लागिएको चेम्बर दोलखाले जनाएको छ ।

महोत्सवमा विशेष गरी दोलखामा उत्पादन हुने कृषिजन्य उपजलाई प्राथमिकता दिइनेछ । सदरमुकाम चरीकोटको टुँडिखेलमा एक साता चल्ने महोत्वमा सबै पालिकालाई आग्रह गरी सयवटा स्टलहरू राखिने चेम्बर दोलखाका महासचिव पाण्डव सिं पाण्डेले जानकारी दिए । त्यस्तै महोत्सवमा सांस्कृतिक कार्यक्रमको साथै स्थानीयले उत्पादन गरेका औद्योागिक तथा कृषि सामग्रीहरू प्रदर्शनीमा राखिने भएको छ । त्यस्तै गरी जिल्लालाई चिनाउने प्रमुख धार्मिकस्थल तथा पर्यटकीय स्थलको प्रचार गरिने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x