Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतामाङ समुदायले मनाए सोनाम ल्होछार

तामाङ समुदायले मनाए सोनाम ल्होछार


दोलखा । देशभरका तामाङ समुदायले २८५९औँ ह्योयी ल्हो (बिरालो वर्ष)सोनाम ल्होछारलाई विशेष पर्वको रूपमा मनाएका छन् । तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुल्क प्रतिपदाका दिन सोनाम ल्होछार पर्व मनाउँदै आएका छन् ।

यस्तै दोलखाका तामाङ समुदायले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर सोनाम ल्होछार मनाएका छन् । जिल्लाका तामाङ बाहुल्य रहेका क्षेत्रहरू बैतेश्वर, शैलुङ, विगू, गौरीशंकर, मेलुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको स्वागत गरिएको छ । ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने, छारको अर्थ नयाँ भएकाले ल्होछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । बिरालो वर्षको रूपमा यस वर्षको सोनाम ल्होछार मनाएर नयाँ वर्षलाई स्वागत गरिएको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका स्थानीय किरण तामाङले बताए । तामाङका अनुसार प्रत्येक वर्ष एक÷एक वटा जनावर तथा चराचुरुङ्गीको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको हो । सोनाम ल्होछार पर्वलाई उत्सवको रूपमा माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तामाङहरूको घरघरमा दुई दिन भव्यरूपमा ल्होछार मनाउँदै आएका छन् ।

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी दज्र्यु गाड्ने, छो प्रसाद वितरण गर्ने शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, लामा पढाउने, होम गर्ने, चेलिबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा सांस्कृतिक कार्यक्रम गर्ने गरिएको बैतेश्वर मिर्गेका लोक बहादुर तामाङले बताए । मिर्गेका तामाङ समुदायहरूले पनि तामाङ समुदायको सांस्कृतिक झल्काउने डम्फू बजाएर प्रसाद बाडेर बुद्ध मूर्तिमा सगुन चढाएर तामाङ गीतमा रमझम गर्दै एक–आपसमा शुभकामना आदानप्रदान गरेर ल्होछार मनाएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x