Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिकुञ्जसँग अनुमति नलिएका हेलिलाई सगरमाथा क्षेत्र अवतरणमा रोक

निकुञ्जसँग अनुमति नलिएका हेलिलाई सगरमाथा क्षेत्र अवतरणमा रोक


सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले रुट परमिट र उडान अनुमति नलिएका हेलिकोप्टरलाई निकुञ्ज क्षेत्रमा उडान अनुमति नदिन दुई विमानस्थललाई आग्रह गरेको छ ।

निकुञ्जको इन्ट्रान्स अनुमति, हेलिकोप्टरको अवतरण अनुमति, तथा ओभरिङ अनुमति भए/नभएको जाँच गरी हेलिकोप्टर पठाउन फाप्लु विमानस्थल र तेन्जिङ हिल्लरी विमानस्थल लुक्लालाई पत्र काटेको हो । हेलिकोप्टर कम्पनीले लापरबाही गर्दै निकुञ्ज क्षेत्रमा जथाभावी उडान भर्न थालेपछि कडाइ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । यसअघि निकुञ्ज क्षेत्रमा अनुमतिविना अवतरण हुने हेलिकोप्टरलाई नियन्त्रणमा लिने निकुञ्जले चेतावनी समेत दिइसकेको छ ।

निकुञ्जको कार्यालयले फेब्रवरी १ बाट विनाअनुमति निकुञ्जक्षेत्रमा ल्यान्ड गरिने हेलिकोप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने जनाएको छ । जसका लागि निकुञ्जले हेलिकोप्टर कम्पनीहरुलाई पत्राचार गरिसकेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x