काठमाडौं । नयाँबजारस्थित मनास्लु पब्लिक माविले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले शनिबारका दिन एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सबनम भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको नेपाल सरकारका पूर्वसचिव तथा भाषा आयोगका पूर्वअध्यक्ष डा. लवदेव अवस्थीले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले विद्यालय शिक्षाको स्तर उन्नतिमा मनास्लु पब्लिक माविले उल्लेखनीय भूमिका खेलेकोे उल्लेख गर्दै आगामी दिनमा पनि युग सुहाउँदो ज्ञान र सीपमूलक शिक्षाप्रदान गर्ने विश्वास व्यक्त गरे ।
यस्तै विद्यालयकी प्राचार्य सुचिता शाक्यले शिक्षक, विद्यार्थी, अभिभावक र कर्मचारी सबैको सहअस्तित्व र सहकार्यमा मात्रै सबैको हित हुने बताइन् । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक सञ्जय गुरूङ, श्रीदेवी देवकोटा, सुष्मा लामा, केसी माया रामदामको विशेष सांगीतिक प्रस्तुति रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया