Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध२२ वर्षअघि २५ हजार रुपैयाँबाट सुरु भएको व्यवसायको वास्तविकता

२२ वर्षअघि २५ हजार रुपैयाँबाट सुरु भएको व्यवसायको वास्तविकता


काठमाडौं । सपना देख्नु पर्छ, सपना साकार पार्ने कोसिस पनि गर्नुपर्छ, किनकि सपनासँग भविष्य पनि जोडिएको हुन्छ । मैले सपना देखेको थिए, त्यो सपना पूरा गर्ने कोसिस पनि गरेको थिए, आजसम्म पनि मेरो त्यो कोसिस जारी छ । मेरो त्यही कोसिस, मेरो त्यही सपना, जोसँग कम्मर कसेर म यहाँसम्म आएको छु । २२ वर्ष अगाडि २५ हजार रूपैयाँबाट सुरु भएको मेरो व्यवसायले यहाँसम्मको फराकिलो बाटो तय गरेको छ । रोज ब्युटी एकेडेमी आजको दिनमा नेपालमा मात्र नभई दुबई, कतार, क्यानडा, जापान, अमेरिका, लन्डनमा पनि परिचित हुन पुगेको छ, यसो भन्दै गर्दा रोज ब्युटी एकेडेमिकी सञ्चालिका सोनी कारञ्जीको अनुहारमा केही खुसी र केही हाँसो देखिन्थ्यो ।

‘काम गर्नुपर्छ, कुनै पनि काम सानो ठूलो हुँदैन, हामी मानिस काम गर्नकै लागि जन्मिएका हौँ । व्यक्ति फरक होलान्, काम फरक होला । तर मेरो हकमा कुरा गर्नुहुन्छ भने म सौन्दर्यसम्बन्धी काम गर्नकै लागि जन्मिएको हुँजस्तो लाग्छ, त्यही काम गर्नको लागि भगवानले मलाई पठाइदिएको जस्तो लाग्छ’, उनी भन्छिन् । २२ वर्ष अगाडि रोज ब्युटी पार्लर एन्ड टे«निङ सेन्टर खोलेर औपचारिकरूपमा यो क्षेत्रमा प्रवेश गरेको बताउने सोनीको यो पार्लर अहिले रोज ब्युटी एकेडेमी बनेको छ । ‘आजको दिनसम्म यो एकेडेमीबाट झण्डै १२ हजारभन्दा बढी व्यावसायिक सौन्दर्यकर्मीहरू उत्पादन भइसकेका छन् । उनीहरूमध्ये कुनै स्वदेशमा नै सौन्दर्यसम्बन्धी व्यवसायमा संलग्न छन् भने कुनै विदेशमा पनि यही पेसा गरिरहेका छन् । उनीहरू सबै आफ्नो पेसागत तथा व्यावसायिक जीवनमा सफल छन् । आफूले व्यावसायिक तालिम दिएका विद्यार्थीहरूको सफलता देख्दा खुसी लाग्ने बताउँछिन् सोनी ।

यो क्षेत्रमा समस्या अथवा भनौँ विकृति धेरै छ, तालिमको नाउँमा महंगो शुल्क लिएर गुणस्तरीय तालिम नदिने संस्थाहरू पनि धेरै छन्, केही वर्ष काम गरेर आफूलाई वरिष्ठ सौन्र्दयविद् भनेर चिनाउने पनि धेरै छन् । यस्तो हुनु हुँदैन, यो क्षेत्र विकृति मुक्त हुनुपर्छ, राज्यको जिम्मेवार निकायले यो क्षेत्रलाई आवश्यक पर्ने सेवाको न्यूनतम मापदण्ड, सेवाबापत लिनुपर्ने शुल्कमा न्यूनतम मापदण्ड, एउटा ठाउँमा कतिदेखि कति दूरीको बीचमा ब्युटी पार्लर खोल्न पाउने व्यवस्था आदि सबैमा न्यूनतम मापदण्ड तोकिदिनु पर्छ । अहिले त एउटा कोठामा, एउटै घरमा तीन चारवटासम्म ब्युटी पार्लरहरू रहेका छन् । यस्तो हुनु हुँदैन, वरिष्ठ सौन्दर्यविद् सोनी भन्छिन् ।

‘जहाँसम्म रोज ब्युटी एकेडेमीको कुरा छ, हामीले यो क्षेत्रको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा प्रभाकारीरूपमा काम गरेका छौँ । अन्य पार्लरहरूको तुलनामा हामीले न्यूनतम शुल्कमा गुणस्तरीय तालिम दिएका छौँ । आर्थिकरूपमा कमजोर भएका महिला तथा युवतीहरू, टाढाका स्थानबाट तालिमको लागि आउने विद्यार्थीहरू, एकल महिलाहरूलाई उनीहरूको अवस्था हेरेर आंशिक वा पूर्ण छात्रवृत्ति पनि दिनेगरेका छौँ । तालिमपश्चात् उनीहरूलाई आफ्नै वा अन्य साथीहरूको पार्लरमा रोजगारी पनि उपलब्ध गराउने कार्य हामीले गर्दै आएका छौँ । यसो हेर्दा यो कार्य व्यवसायजस्तो देखिए पनि यो समाजसेवा पनि हो । केही गर्छु भन्ने आँट भएका तर हातमा सीप नभएकाहरूलाई तालिम दिएर आत्मनिर्भर बनाउनु, स्वरोजगार बनाउनु समाजसेवा नैं हो नि होइन र ?’, उनी भन्छिन्, ‘पेसा, व्यवसाय त सबैले गर्छन्, मैले पनि गरेको छु । तर यसबाहेक म समाजसेवामा पनि सक्रिय रहेको छु । समाजसेवाको लागि लायन्स क्लबमा आबद्ध छु, यसबाहेक विभिन्न संंगसंठनमार्फत हुने सामाजिक कार्यमा पनि मेरो त्यतिकै सक्रियता रहेको छ ।’

व्यक्तिगतरूपमा पनि आफ्नो क्षमताले भ्याएसम्म सबैलाई सहयोग गरिरहेकी उनको पेसागत जीवन, व्यावसायिक जीवन, सामाजिक जीवनमा छोरी परिसी कारञ्जितको पनि निकै नै ठूलो साथ र सहयोग रहेको उनी बताउँछिन् । उनले भर्खर मात्र सौन्र्दयसम्बन्धी विषयमा नै अमेरिकाबाट उच्चशिक्षा लिएर आएकी छिन् । ‘मैले बुझेसम्म सौन्दर्यसम्बन्धी विषयमा उच्चशिक्षा हासिल गरेर आउने उनी पहिलो व्यक्ति हुन्’, उनले भनिन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया