फोहरमैला व्यवस्थापन गर्न व्यापारीलाई डोको
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखानक्षेत्रका व्यापारीलाई फोहरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ ।
‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारिलाई डोको वितरण गरिएको हो । स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रुपमा प्रयोग गर्दा बजार क्षेत्रमा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले राससलाई बताए ।
उनले भने, “डस्टबिनका रुपमा डोकोको प्रयोग गर्दा स्थानीयस्तरमा निर्माण गरिएका कच्चापर्दाथको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रुपमा प्रयोगमा ल्याउन सक्ने छन् ।” स्थानीयस्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका डस्टबिनका रुपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएका हुन् ।
क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, बिबिध
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया