Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुडासैनी मैत्री समाजको नयाँ नेतृत्व चयन

पुडासैनी मैत्री समाजको नयाँ नेतृत्व चयन


नुवाकोट,पुडासैनी मैत्री समाजको चौथो राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार नुवाकोटको बेलकोगटगढी नगरपालिका–८ जिलिङमा भएको अधिवेशनले काठमाडौंका निरञ्जन पुडासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

जिलिङ पुडासैनीहरुको सयौँ वर्षदेखि बसोबास रहेको स्थान हो । सोही स्थानबाट विभिन्न जिल्लामा पुडासैनीका सन्तानहरु बसाइँसराइ गरेको देखिन्छ । पुडासैनीहरुको लामो समयदेखिको बसोबासको स्थान र संख्याका आधारमा पनि पुडासैनी धेरै भएको कारण केन्द्रीय अधिवेशनका लागि यस पटक जिलिङ चयन गरिएको मैत्री समजाले जनाएको छ । यद्यपि गोरखा, मकवानपुर, काठमाडौंलगायतका जिल्लाहरुमा पनि पुडासैनीहरु सयौँ वर्षदेखि बस्दै आएको इतिहास छ । यसकै खोजीका लागि मैत्री समाजले काम गरिरहेको छ ।

चौथो राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका पूर्वराजस्व सचिव रामशरण पुडासैनीले प्रमुख अतिथिका रुपमा आफ्नो मन्तव्य राख्दै मैत्री समाजको नयाँ नेतृत्वले पुडासैनीहरुको बारेमा थप अध्ययन÷अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै सबै पुडासैनीलाई आ–आफ्नो क्षेत्रमा इमानका साथ काम गरेर आफ्नो पहिचान र शिर उच्च राख्न सुझाव दिए । कार्यक्रममा पुडासैनीको वंशावलीको तयारी गरिरहेका गोविन्द पुडासैनीले वंशावलीका पुस्तकको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

पुडासैनी मैत्री समाज जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको सम्मेलनमा मकवानपुर, चितवन र गोरखालगायतका जिल्लाबाट आएका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनमा असन्तुष्टि व्यक्त गर्दै केन्द्रीय कार्यसमितिमा बस्न चाहेनन् । नेतृत्व काठमाडौं केन्द्रित भयो भन्दै उनीहरुले सुरुदेखि नै विरोध गरेका थिए ।

केही जिल्लाका प्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरे पनि अधिवेशनले काठमाडौंका निरञ्जनलाई अध्यक्षको साथै उपाध्यक्षमा नुवाकोटको कुमरीका अर्जुन पुडासैनीलाई चयन गरेको छ । त्यस्तै, महासचिवमा काठमाडौंका जयराम पुडासैनी, सहसचिवमा काठमाडौंकै रामचन्द्र पुडासैनी, कोषाध्यक्षमा काठमाडौंका प्रदिप पुडासैनी चयन भएका छन् । विधानअनुसार २१ सदस्य कार्यसमिति चयन हुनुपर्नेमा शनिबार १४ सदस्यीय कार्यसमितिमा मात्र बनेको छ । अब बस्ने पहिलो बैठकमा २१ सदस्यीय नै कार्यसमिति चयन भइसक्ने बताइएको छ । असन्तुष्ट पक्षलाई पनि मिलाएर कार्यसमिति चयन हुने बताइएको छ ।

No description available.

No description available.

No description available.


क्याटेगोरी : बिबिध


तपाईको प्रतिक्रिया