किशोरीहरूलाई आत्मरक्षा तालिम
दोलखा । जिल्ला युवा समिति दोलखाले किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरेको छ । ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन, बागमतीमा युवा सशक्तीकरण’ भन्ने नारासहित समितिले बागमती प्रदेश युवा परिषद्को सहयोगमा दुई दिने महिला तथा किशोरी आत्मरक्षा तालिम आयोजना गरेको हो ।
बैतेश्वर गाउँपालिकाको हनुमन्तेश्वर माध्यमिक विद्यालय (नमूना)का ४० जना किशोरीहरुलाई बुधबारदेखि तालिम दिन सुरु गरेको समितिका अध्यक्ष भरत रोहन श्रेष्ठले जानकारी दिए । तालिमको मुख्य उद्देश्य महिला तथा किशोरीप्रति हुने बलात्कार, दुव्र्यवहार, हत्याहिंसा तथा झैँझगडाजस्ता घटना हुँदा आफ्नो सुरक्षा आफैँ गर्न सकून् भन्ने रहेको अध्यक्ष श्रेष्ठले बताए ।
दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा सहभागीलाई प्रशिक्षक गायत्री शिवाकोटी र बिन्दा थापाले आत्मरक्षासम्बन्धी गतिविधि सिकाउनेछन् । कार्यक्रम हनुमतेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक भरत केसीले जनाए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया