भेडीगोठ लेकतिर लैजान थालियो
सोलुखुम्बु । चिसो छल्न बेँसीतिर झारिएका सोलुखुम्बु र ओखलढुंगाका भेडीगोठहरू लेकतिर लैजान थालिएको छ । गर्मी सुरु भएसँगै भेडीगोठ लेकतिर लैजान थालिएको हो । कार्तिक महिना लागेपछि लेकमा हिमपातका कारण चरिचरणमा समस्या हुने भएकाले भेडीगोठ बेँसी झारिएको ओखलढुङगाका भेँडापालक किसान डोलबहादुर गुरुङले बताए ।
उनका अनुसार भेडीगोठ वैशाख पहिलो साताबाट नै लेकतिर लैजान सुरु गरिएको थियो । अहिले बेँसीमा अन्नबाली लगाउने सिजन भएको तथा घाँससमेत सकिँदै गएकाले गोठ स्थानान्तरण गर्न सुरु गरेको उनले जानकारी दिए । किसानहरूले वर्षेनि कार्तिक मध्यदेखि चैतसम्म बेँसीमा र बाँकी समय लेकमा गोठ लैजाने गर्दछन् । भेडाले धेरै चिसो पनि सहन नसक्ने र गर्मीसमेत सहन नसक्ने भएकाले समय अनुकुल लेक र बेँसीमा गोठ सार्ने गरिएको किसान बताउँछन् । यद्यपि विगतको तुलनामा पछिल्लो समय भेँडापालन व्यवसाय गर्नेको संख्या क्रमिक रूपले घट्दै गएको छ ।
अहिले भेँडाको ऊनको माग कम हुने, युवा जनशक्ति विदेशिने, सामुदायिक वनमा भेडीगोठ राख्नमा कडिकडाउ गरिएको कारण भेँडापालन व्यवसाय घट्दै गएको किसानको भनाइ छ । भँेडापालन व्यवसायलाई तीनै तहका सरकारले कम महत्वका साथ हेर्दा गुरुङ समुदायको पुख्र्यौली पेसाको रूपमा परिचित भेँडापालन पछिल्लो समय संकटमा परेको भन्दै किसानहरू चिन्तित बन्ने गरेका छन् ।
सोलुखुम्बुको जुबु, मैदेल, ओखलढुंगाको रुम्जाटार लगायतका क्षेत्रका गुरुङ समुदायले व्यावसायिक रूपमा भेँडापालन गर्दै आएका थिए । तर पछिल्लो समय सीमित व्यक्तिहरूले मात्रै पेसालाई निरन्तरता दिन सकेको रुम्जाटारकी निलम गुरुङले बताइन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया