युवायुवतीलाई डकर्मी र प्लम्बिङ तालिम
दोलखा । युवाहरूलाई सिपमूलक तालिम दिएर स्वदेशमै रोजगार प्रदान गर्ने उद्देश्यले जिल्लाको भीमेश्वर नगरपालिकाभित्रका युवायुवतीहरूलाई डकर्मी र प्लम्बिङ तालिम दिइएको छ । राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज अनामनगर काठमाडौंको आयोजना तथा एलडीएससी.(यूएसय) को आर्थिक सहयोगमा नगरभित्रका ३५ जना युवायुवतीलाई घर तथा भवन निर्माण गर्ने डकर्मी र खानेपानीसम्बन्धी प्लम्बिङ तालिम दिइएको हो ।
गत जेठ १० गतेदेखि सुरु भएको तालिममा दक्ष प्राविधिकहरूले १५ दिनसम्म सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । १५ दिने डकर्मी तालिममा सहभागी २० जना र १० दिने प्लम्बिङ तालिममा सहभागी १५ जना गरी ३५ जना प्रशिक्षार्थीहरूलाई शनिबार एक कार्यक्रमका बीच प्रमाणपत्र दिइएको थियोे । राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका अध्यक्ष सुनिला शाह हमालको सभापतित्व भएको उक्त कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले तालिममा सहभागीहरूलाई प्रमाणपत्र तथा निर्माण औजार वितरण गरेका थिए । कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले सिकेको सिपलाई सदुपयोग गर्न युवाहरूलाई आग्रह गरे । तालिममा घर तथा भवन निर्माण गर्दा लगाइने वाल, जोइन्ट, इँटा राख्ने तरिकासम्बन्धी आधारभूत सिप सिकाइएको तालिमका व्यवस्थापक राकेश श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया