अप्पर कटाइ तथा सिलाइ तालिम
काठमाडौं । ललितपुर महानगरपालिकामा अप्पर कटाइ तथा सिलाइ तालिम सञ्चालन भएको छ । असार ७ गतेदेखि महानगरको वडा नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य वस्तु उत्पादन कार्यक्रमअन्तर्गत अप्पर कटाइ तथा सिलाइ तालिम सञ्चालन गरिएको हो । सार्की समुदायको पुर्ख्यौली व्यवसायको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले कार्यक्र्रम आयोजना गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए । तालिम महानगर र संघको संयुक्त आयोजना सञ्चालन भएको हो ।
प्रशिक्षार्थीमध्ये उत्कृष्ट ७ जनालाई सिलाइ कटाइ मेसिनसमेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए । तालिम अनुभवी रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भियतनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थोपेडिकसम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा तीन महिने तालिमसमेत लिएका छन् । तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये चार जना पुरुष र १० जना महिलाको सहभागिता रहेको छ ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया