Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाएउटै वडामा १२ जना क्यान्सरपीडित !

एउटै वडामा १२ जना क्यान्सरपीडित !


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको एउटै वडामा १२ जना क्यान्सरका बिरामी भेटिएको छ । पालिकाको वडा नम्बर–४ मा मात्रै १२ जना क्यान्सर रोगी भेटिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भरमा भने ३७ जना क्यान्सरका बिरामी भेटिएको बैतेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, पालिकाभित्र सात जना मृगौलासम्बन्धी र एक जना मेरुदण्डको बिरामी रहेको स्वास्थ्य शाखा प्रमुख बाबुलाल तामाङले जानकारी दिए । सरकारले क्यान्सर, डायलासिस, किड्नी प्रत्यारोपण र मेरूदण्डको पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच हजार रुपैयाँ दिने निर्णयअनुसार पालिकाले उक्त रोगका बिरामीको तथ्याङ्क संकलन गरिरहेको छ । हालसम्म बैतेश्वरमा यस्ता विरामीको संख्या ४५ जना पुगेको पालिकाको भनाइ छ ।

स्वास्थ्य शाखाले दिएको तथ्य‌ाङ्कअनुसार पालिकाको वडा नम्बर ४ र ६ मा सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन् । वडा नम्बर ४ मा १२ जना क्यान्सरपीडित छन् भने वडा नम्बर ६ मा १० जना क्यान्सरपीडित छन् ।

त्यस्तै, वडा नम्बर ७ मा छ जना क्यान्सर बिरामी रहेका छन् भने एक जना किड्नी डायलासिस बिरामी रहेकोे पाइएको छ । वडा नम्बर ३ मा तीन जना क्यान्सर र दुई जना किड्नी डायलाइसिस गरिरहने बिरामी रहेका छन् । यसैगरी वडा नम्बर ५ मा दुई जना र वडा नम्बर २ मा तीन क्यान्सरका बिरामी रहेका छन् । वडा नम्बर १ र ८ मा भने क्यान्सरका बिरामी नरहेको पाइएको छ । वडा नम्बर १ मा किड्नीका बिरामी तीन जना रहेका छन् । उक्त वडामा दुई जना प्रत्यारोपण र एक जना डायलाइसिस बिरामी रहेकोे पाइएको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया