कालिञ्चोक गाउँपालिकाले तोक्यो स्थायी केन्द्र
दोलखा । गाउँपालिकाको केन्द्र तोक्नेबारे विवादमा अल्झिएको दोलखाको कालिञ्चोक गाउँपालिकाले सोमबार स्थायी केन्द्र तोकेको छ । विगत छ वर्षदेखि केन्द्र विवादमा अल्झिएको गाउँपालिकाले सोमबार गाउँसभामा दुई तिहाई बहुमत जुटाएर स्थायी केन्द्र तोकेको हो ।
पालिकाको स्थायी केन्द्र वडा नम्बर–४ कुभिन्डे खेल मैदान भएको ठाउँमा रहने गरी निर्णय भएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिए । गाउँपालिकाको सोमबार बसेको १२औँ गाउँसभाले दोलखा–सिंगटी सडकसँगै जोडिएको वडा नम्बर ४ स्थित कुभिन्डेमा राख्ने निर्णय पारित गरेको हो । अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले गाउँसभामा निर्णयार्थ पेस गरेको प्रस्तावको पक्षमा ३२ मत र विपक्षमा नौ मत परेको थियो । छ जना भने तटस्थ बसेका थिए ।
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने विषय पेचिलो बन्दै आएको थियो । अघिल्लो कार्यकालमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विवादले उच्च रूप लिँदा अस्थायी केन्द्र सुनखानीबाट नै सेवा सञ्चालन भएको थियो । यसअघिका अध्यक्ष विनकुमार थामीले पालिकाको केन्द्र वडा नम्बर ५ स्थित बन्देथलीमा र उपाध्यक्ष कालिका पाठकले सुनखानीमा तोक्न खोज्दा विवाद भएको थियो । सोही विषयले अध्यक्ष र उपाध्यक्षबीच हात हालहालको स्थिति समेत बनेको थियो । त्यसपछि थाती राखिएको यो विषय अहिले दुईतिहाइ बहुमतसहित पूरा भएको छ ।
दोलखामा कालिञ्चोकसहित आठवटा पालिकाले केन्द्र टुङ्गो लागेको छ । छवटा पालिकाले त आफ्नै प्रशासनिक भवन समेत बनाइसकेका छन् । तर तामाकोशी गाउँपालिकाले भने अझै केन्द्र तोक्न सकेको छैन । अघिल्लो कार्यकालमा केन्द्र तोक्न नसकेका जिल्लाको मेलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकाले केन्द्र तोकेका हुन् । तामाकोशी गाउँपालिकामा पनि स्थायी केन्द्र तोक्ने विषयमा तीव्र विवाद छ । सोही विवादका कारण अहिलेसम्म स्थायी केन्द्रको टुङ्गो लाग्न नसकेको हो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया