च्छोरोल्पा हिमतालमा पर्यटकको घुइँचो
दोलखा । जिल्लाको गौरीशङकर गाउँपालिका–९ स्थित च्छोरोल्पा हिमताल जाने पर्यटकको घुइँचो लाग्न थालेको छ । वर्षात्को समयमा आवतजावत करिब बन्द रहेको च्छोरोल्पा हिमताल जाने पदयात्रुको संख्यामा असोज महिनादेखि भने उल्लेख्य वृद्धि भएको हो ।
हिमताल क्षेत्रमा जाने पर्यटकहरूको घुइँचो लाग्न थालेको स्थानीय मिङमा शेर्पाले जानकारी दिए । समुद्र्र सतहबाट चार हजार पाँच सय ८० मिटरको उचाइमा रहेको सो तालसम्म पुग्न पाँच दिनको पैदल यात्रा गनुपर्ने हुन्छ । गौरीशङ्कर गाउँपालिकाको रोल्वालिङ उपत्यकामा रहेको सो स्थान पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलको रूपमा रहेकाले सबैको आकर्षणको केन्द्र बन्दै गइरहेको स्थानीय रत्ना तामाङले बताइन् ।
उनका अनुसार कोरोना महामारीअघि बाह्य पर्यटकले खचाखच हुने गथ्र्यो । अहिले महामारी सकिए पनि फाटुफुटबाहेक खासै बाह्य पर्यटक आएका छैनन् । तर आन्तरिक पर्यटकहरूको भने भीड लाग्ने छ । आन्तरिक पर्यटकहरुको भीडले होटल व्यवसायीहरूलाई धान्न हम्मेहम्मे परेको होटल व्यवसायी थुल्डु शेर्पाले बताए ।
यो दशैं तथा तिहारको समयमा मात्रै करिब एक हजार आन्तरिक पर्यटकले हिमतालको भ्रमण गरेका छन् । साथै, सो संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । सिमीगाउँबाट सुरमुर्चे, क्याल्चे, दोङयाङ, वेदिङ र ना हुँदै यो तालसम्म पुग्न सकिन्छ । साहसिक पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलको रूपमा प्रख्यात मानिने रोल्वालिङ उपत्यकाको च्छोरोल्पा पुग्दा संसार जितेको महसुस हुने आन्तरिक पर्यटकहरूको भनाइ रहेको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया