मल्लकालीन शैलीमा पुनःनिर्माण हुँदै थन्थु दरबार
भक्तपुर । भूकम्पले क्षतिग्रस्त भक्तपुरको ५५ झ्याले दरबारसँगै जोडिएको मल्लकालीन थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाले लामो समय कार्यालयका रुपमा प्रयोग गरेकोे थन्थु दरबार पुनःनिर्माण बहुवर्षीय योजनाका रुपमा अगाडि बढाइएको हो । पुरातत्व विभागबाट स्वीकृति पाएपछि पुरातत्व विभागसँग समन्वयमा पुरानो भवन भत्काएर मल्लकालीन शैलीमै पुनःनिर्माण सुरु गरिएको राससलाई बताए ।
नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण आफैले बेहोर्ने बताउँदै आएको छ । साथै आफ्नै उपभोक्ता समिति एवं कालिगढबाट सम्पदा पुनःनिर्माण एवं जीर्णोद्धार गर्ने नगरपालिकाले अडान लिँदै आएको थियो ।
नगरप्रमुख प्रजापतिले भने, “थन्थु दरबारलाई मौलिक शैलीमा माटो जोडाइबाट पुनःनिर्माण गरिने भएको छ । दरबार भवन पुनःनिर्माण प्राविधिक समितिले पेस गरेको संशोधित नक्साअनुसार पुरातत्व विभागसँग समन्वय गरी अगाडि बढाएका छौँ ।”
स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरूणा नकर्मीले थन्थु दरबारको पुनःनिर्माण मौलिक शैलीबाट हुनु प्रशंसनीय भएको बताए ।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा अवस्थित ५५ झ्याले दरबार थन्थु दरबारकै भागका रुपमा देखिएको बताउँदै दरबार पुनःनिर्माण माटो जोडाइको शैलीबाट हुनु स्वागतयोग्य कदम भएको बताए ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवं दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रा रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रको यसअघि स्थलगत निरीक्षण गरेका थिए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया