छत्रकोट गाउँपालिकाका अधिकांश योजनाहरू कार्यान्वयनको चरणमा
बुटवल । छत्रकोट गाउँपालिका गुल्मीका चालू आर्थिक वर्षका अधिकांश योजनाहरू कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका लेखा अधिकृत सन्तोष जिसीले वित्तीय हिसाबले छ महिनामा हुनुपर्ने प्रगति नभए पनि योजना कार्यान्वयनको हिसाबले भौतिक प्रगति धेरै भएको बताए ।
सुरुका महिनाहरूमा उपभोक्ता समितिहरू गठन, उपभोक्ता समितिहरूलाई अभिमुखीकरण कार्यक्रम, योजना माग, योजनाहरू छनौट, बोलपत्र आह्वान, मूल्याङ्कन, योजना सम्झौताजस्ता कामहरू मात्रै भएकाले खासै वित्तीय प्रगति हुन नसकेको उनले जानकारी दिए । उक्त प्रक्रियागत काम सकिएपछि मात्र योजना कार्यान्वयनमा ल्याएर सम्पन्नपश्चात अनुगमन गरी अन्तिममा भुक्तानी गरिने हुँदा प्रक्रियागत हिसाबले वित्तीय प्रगति ढिलो नै देखिने उनको भनाइ छ ।
यस्तै, पालिकाले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा) को नतिजामा पनि सुधार गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पालिकाले साढे सात प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर पुनका अनुसार पालिकाले आर्थिक वर्ष २०७९/८० मा ८२ दशमलव २५ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७४ दशमलव ७५ प्रतिशत प्रगति रहेको प्रमुख प्रशासकीय अधिकृत पुनले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया