ललितपुरमा ६८ वर्षमाथिका सबै नागरिकलाई निमोनिया खोप
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ ले ६८ वर्षमाथिका सबै जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाएको छ । योसँगै सबै जेष्ठ नागरिकलाई खोप लगाउने नेपालकै पहिलो वडा समेत भएको वडाको दाबी छ ।
वडाध्यक्ष निर्मल तण्डुकारका अनुसार वडास्तरीय विनियोजित बजेटबाटै खोप खरिद गरी वितरण गरिएको हो । वडाको योजना क्षेत्रमा कार्यसम्पादन गर्दै आएका अधिकृत सन्तोष पौडेलले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको सहयोगमा विगतका वर्षमा पनि खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार केही वडावासीहरूले आफ्नै व्यक्तिगत स्रोतबाट समेत खोप लगाएका छन् भने बाँकीलाई वडाबाट खोप व्यवस्थापन गरिएको हो । हालसम्म वडामा तीन सयभन्दा बढी जेष्ठ नागरिकहरूले खोप लगाएको तथ्याङ्क रहेको उनले जानकारी दिए ।
यसका साथै ललितपुर महानगरपालिका १ वडा नेपालकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण गर्ने वडा भएको उनले बताए । यस्तै, केही दिनपछि नेपालकै पहिलो हरेक घरधुरीमा कम्पोस्टविन पुगेको वडाको रूपमा घोषणा गर्ने तयारी रहेको वडा कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया