कार्यसम्पादनमा अब्बल सियारी गाउँपालिका
बुटवल । सियारी गाउँपालिका रुपन्देही चालू आर्थिक वर्षमा कार्यसम्पादनदेखि अन्य विभिन्न क्षेत्रहरूमा अब्बल बन्दै गएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पालिकाको राजस्व संकलनलाई पूर्णतया अनलाइन प्रणालीमा आबद्ध गरिएको बताए ।
गाउँपालिकाले नागरिकको अपेक्षाअनुसार सबै काम हुन नसकेको भए पनि न्यायिकसम्बन्धी कार्यहरू, व्यवस्थापकीय कार्य र विकासात्मक कार्य भने प्रभावकारी ढंगले अगाडि बढीरहेको बताए । योजना तर्जुमा, कार्यान्वयन, कार्यको लाभ समुदायको सहज पहुँच हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । यस्तै, उनले गाउँपालिकाभित्रका युवाहरूलाई प्रोत्साहन गर्नका विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । त्यसैगरी लक्षित समूहका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क ब्लड ट्रान्सफ्युजनको व्यवस्था, निःशुल्क मोतियाविन्दुको अप्रेसन सुविधा उपलब्ध गराइएको जानकारी दिए ।
कृषि उत्पादन बृद्धिको लागि उन्नत जातको बर्सिम घाँस र साना यान्त्रीकरणमा ५० प्रतिशत, सिचाईका लागि ६० प्रतिशत, तेल्हन बालीको विकासका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराइएको पालिकाको कृषि शाखाले जनाएको छ । यस्तै, बीउविजन अनुदान तथा सहुलियत, बाली संरक्षणका लागि निःशुल्क विषादी वितरणलगायत कार्यक्रम सञ्चालन गर्ने गरेको पालिकाले जनाएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 12
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया