काठमाडौँ महानगरले स्वयम्भूको बुद्ध जयन्ती मेला व्यवस्थित गर्ने
काठमाडौँ । बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गर्न लागेको जानकारी दिए ।
महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले मन्दिर आसपासका अस्थायी पसल हटाउने, भीड व्यवस्थापनका लागि जथाभावी भोजन दान गर्न नपाइने र तोकिएको स्थानबाट मात्र दान गर्नुपर्ने नियम बनाएको छ ।
महासमितिका महासचिव अशोक बुद्धाचार्यले थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको जानकारी दिए । आगामी जेठ १० गते वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती परेको छ ।
उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षाकर्मी थप गरिएको स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्त प्रमुख पूर्णिमा चन्दले बताइन् । उनले सडकको ट्राफिक जाम व्यवस्थापन गर्न त्यस क्षेत्रमा सवारीसाधन निषेध गरी वैकल्पिक सडकको प्रबन्ध गरिने बताइन् ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया