म्याद गुज्रिएका उपभोग्य सामग्री नष्ट
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले बजार अनुगमन गरी म्याद गुज्रिएका दैनिक उपभोग्य सामग्री नष्ट गरेको छ । अनुगमनको क्रममा चार लाख रुपैयाँभन्दा बढीको सो सामग्री जफत गरी नष्ट गरिएको हो ।
पालिकाको बजार अनुगमन टोलीले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी चौकीसँगको समन्वयमा आइतबार बजार अनुगमन गरेको थियो । सो क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रेका, सडे गलेका, अखाद्य वस्तु बिक्रीमा राखिएकालगायतका वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । यस्तै, विनाइजाजत व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई सचेत गराइएको छ । गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको पालिका अध्यक्ष लामाले बताए । बजारका धेरैजसो पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताए ।
उनका अनुसार म्याद गुज्रिएका सामानमा कोकाकोला, खाने तेल, दालमोट, आटा पिठो, भुजिया, बिस्कुट, चकलेट, चिजबल, चियापत्ति, कफी, दाल, चामल, चिउरा, मसलालगायत रहेका छन् । अनुगमन टोली पालिकाका एक सयभन्दा बढी पसल अनुगमन गरेको थियो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया