रुपन्देहीको कञ्चन गाउँपालिकामा न्यून बेरुजु
बुटवल । रुपन्देही जिल्लाका १६ वटा स्थानीयतहमध्ये सबैभन्दा कम बेरुजु कञ्चन गाउँपालिकाको रहेको छ । महालेखापरीक्षकको कार्यालय सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाको कुल एक अर्ब ३४ करोड ७४ लाख चार हजार रुपैयाँ लेखापरीक्षण गरिएको रकममध्ये एक करोड ६३ लाख ८४ हजार रुपैयाँ अर्थात् कुल रकमको एक दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ ।
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले आर्थिक अनुशासन र वित्तीय जवाफदेयितालाई मध्यनजर गर्दै कार्यसम्पादन गरिएकोले कम वेरुजु आएको बताए । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले देखाएको बेरुजु रकममा पेश्की र नीतिगत बेरुजु देखिएकाले गाउँपालिकाको वित्तीय सु–शासनको अवस्थाको बारेमा सहजै अनुमान गर्न सकिने उनको भनाइ छ । लेखा अधिकृत सन्तोष गैरेले निश्चत विधि र पद्धतिमा आधारित रही आर्थिक क्रियाकलाप सञ्चालन गर्नाले बेरुजु कम गर्न गाउँपालिका सफल भएको बताए ।
त्यस्तै, जिल्लामा प्रतिशतको हिसाबले सबैभन्दा बढी बेरुजु रोहिणी गाउँपालिकाको आएको छ । गाउँपालिकाको कुल एक अर्ब ४१ करोड ३१ लाख ७६ हजार रुपैयाँ लेखापरीक्षण भएको रकममा सात करोड १४ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । सो बेरुजू पाँच प्रतिशतभन्दा बढी हो । हालै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राकेशकुमार चौधरीले सबैभन्दा बढी बेरुजु देखिनु दुःखद् भए पनि सबै बेरुजु रकम फर्स्यौट हुने खालका रहेको बताए । गाउँपालिकाका लेखा अभिकृत कृष्णप्रसाद ज्ञवालीले वित्तीय सु–शासन कायम गर्दै आर्थिक जवाफदेहितालाई प्रमुख जिम्मेवारी सम्झेर आगामी दिनमा बेरुजु कम गर्न लाग्ने बताए ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिकामा १० करोड ८९ लाख ९७ हजार रुपैयाँ, बुटवल उपमहानगरमा १८ करोड एक लाख १६ हजार रुपैयाँ, सम्मरीमाई गाउँपालिकामा पाँच करोड ३४ लाख ५६ हजार रुपैयाँ, कोटहीमाई गाउँपालिकामा चार करोड २२ लाख ७१ हजार रुपैयाँ, लुम्बिनी साँस्कृतिक नगरपालिकामा छ करोड ६४ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । यसैगरी मायादेवी गाउँपालिकामा चार करोड १२ लाख ४६ हजार रुपैयाँ, मर्चवारी गाउँपालिकामा दुई करोड ९५ लाख रुपैयाँ, शुद्धोधन गाउँपालिकामा तीन करोड ३४ लाख २१ हजार रुपैयाँ, गैडहवा गाउँपालिकामा तीन करोड ७० लाख ३८ हजार रुपैयाँ, देवदह नगरपालिकामा चार करोड ४९ लाख ३९ हजार रुपैयाँ, ओमसतिया गाउँपालिकामा दुई करोड २९ लाख ५८ हजार रुपैयाँ, सियारी गाउँपालिकामा तीन करोड १४ लाख ४७ हजार रुपैयाँ, सैनामैना नगरपालिकामा तीन करोड ५० लाख ७२ हजार रुपैयाँ र तिलोत्तमा नगरपालिकामा छ करोड २३ लाख २७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया