अपाङ्गता भएका व्यक्तिलाई कार्ड वितरण
काठमाडौं । जिल्लाको वैतेश्वर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई कार्ड वितरण गर्न सुरु गरेको छ । पालिकाले क, ख, ग र घ वर्ग गरी चार किसिमका अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गताको अवस्था हेरेर वर्ग संशोधन तथा नयाँ कार्ड वितरण गरेको हो ।
पूर्ण अपाङ्गता भएर यसअघि ‘क’ वर्गको कार्ड लिएका करिब ४० जना व्यक्तिहरूको अपाङ्गता अवस्था जाँच गर्दा सुधार आएको देखिएकाले उनीहरूलाई वर्ग संशोधन गरेर डाक्टरको सिफारिस अनुसार ख, ग र घ मा संशोधन गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । त्यस्तै, पूर्णरूपमा अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने तथा सहयोगीको भरमा बाँचिरहेका व्यक्तिहरूलाई पूर्ण अपाङ्ग कायम गरेर ‘क’ वर्गको रातो कार्ड वितरण गरिएको छ । पालिकाले आठ वडामा अपाङ्गता पहिचान शिविर नै राखेर कार्ड वितरण गरेको हो । शिविरमा दुई सय जनालाई कार्ड वितरण गरिएको थियो ।
गाउँपालिकाले अपाङ्गता भत्ताको दुरुपयोग भएको गुनासो बढेपछि शिविर आयोजना गरेर अपाङ्गता जाँच तथा पहिचान गरेको गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी ‘ख’ वर्गका अपाङ्गता रहेको पाइएको छ । अपाङ्गता भएका व्यक्तिको अवस्था पहिचान वैतेश्वर अस्पतालका डाक्टरहरू निरामिका पाठक र शिवनाथ यादवले गरेका थिए । शिविर सहभागी बन्न छुटेका व्यक्तिहरूलाई गाउँपालिकाबाट कार्ड वितरण गर्ने वैतेश्वर गाउँपालिकाले जनाएको छ । सरकारले पूर्णरूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई क र ख मा राखेर मासिक चार हजार र दुई हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया