Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारउप महानगरहेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट


हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ४३ करोड ८० लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार १५औँ नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालू आवको तुलनामा १६ दशमलव सात प्रतिशत कम बजेट प्रस्ताव गरेका हुन् ।

उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, सङ्घ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताए । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको अनुदानबाट एक अर्ब १६ करोड ५३ लाख रुपैयाँ, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख रुपैयाँ तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेको छ । उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ सात करोड ५६ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ तीन करोड १२ लाख रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवाब्याज भुक्तानीका लागि ४० करोड ६२ लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ दुई करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।


क्याटेगोरी : पालिका समाचार, उप महानगर
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x