Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिका‘एक वडा, एक फल्चा’ नीतिमा सूर्यविनायक नगरपालिका

‘एक वडा, एक फल्चा’ नीतिमा सूर्यविनायक नगरपालिका


काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले ‘एक वडा, एक फल्चा’ नीति कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले ‘एक वडा, एक फल्चा’ नारासहित आफ्ना १० वटै वडामा पुरानो शैलीका फल्चा एवं चौतारो निर्माण गरेको हो ।

प्रत्येक वडामा ३० लाख बजेट विनियोजन गरी फल्चाहरू निर्माण गरिएको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले जानकारी दिइन् । यस्तै, उनले मौलिक र आधुनिकको मिश्रण–फ्युजन)सहितको विकास गरिरहेको बताइन् । नगरपालिकाको विकास निर्माणसम्बन्धी प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमुना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया’मा आधुनिक र परम्परागत शैलीको फ्युजनको रूपमा सहर निर्माण भएको जानकारी दिएकी हुन् ।

नगरपालिकाले दिगोे विकासका लागि २० वर्षे आवधिक योजना बनाएरअघि बढिरहेको बताउँदै उनले नगरपालिकामा हाल ११ मिटरका ४४ किलोमिटर बाटो रहेकामा २८ किलोमिटर कालोपत्र गरिसकेको, प्रायः सबै खोलामा पुलसमेत बनिसकेको जानकारी दिइन् ।

नगरपालिकाभित्रका सबै विद्यालय भौतिक पूर्वाधारयुक्त भएको, यसपटकको एसईईको नतिजामा सामुदायिक विद्यालयको ५६ प्रतिशत र निजी विद्यालयमा ९५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उनको भनाइ छ । नगरपालिकाले ‘उपप्रमुखसँग किशोरकिशोरी कार्यक्रम’मार्फत कक्षा ९ र १० का विद्यार्थीलाई आवश्यक तालिम दिएको, ‘सिक्दै कमाउँदै’ को अवधारणलाइ अगाडि बढाइएको उनले बताइन् ।

नगरपालिकाकाले एक घरधुरीको एक हजार रुपैयाँ तिरिदिएर हाल चार हजार पाँच सय घरधुरी स्वास्थ्य बीमामा आबद्ध गराएको र नगर अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गरिएको वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले बताए । सूर्यविनायकको १ नम्बर वडास्थित कौशलटार–बालकोट–बिरुवा सडकको दुई दशमलव दुई किलोमिटर सडक चालू आर्थिक वर्षमा कालोपत्र गरिएको वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए । चरखण्डी मन्दिरमा पनि नगरपालिकाको नीतिअनुसार फल्चा बनाइएको उनले बताए ।

पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले विनियोजन गरेको एक करोड बजेटमा ४९ लाख रुपैयाँ थप गरेर पानी ट्यांकीदेखि गाम्चा जाने सडक कालोपत्र गरिएको वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिए । नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सङ्घीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा नगरपालिकाका विभिन्न नयाँ सडक निर्माण एवं बस्तीभित्र जाने सडक कालोपत्र, मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘रणबम बस्नेत पाटी’ निर्माण गरिएको र तामाङ बाहुल्यता भएको स्थानमा बुद्धको मूर्ति बनाएको बताए ।

सडक, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधारको निर्माणसँगै नगरपालिकाले खानेपानीको पहुँच सबैमाझ पुर्याउने काम गरिरहेको छ । दिगो विकासको योजना २०१५–२०३० अन्तर्गत नेपालले लिएको ९९ प्रतिशत उपभोक्तामाझ खानेपानी पहुँच पुर्याउने लक्ष्य पूरा गर्न नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता गरेको जनाइएको छ । प्रत्येक वडा एक सदस्य रहने गरी पाण्डुबजारमा निर्माण गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ट्यांकीबाट पानी वितरण गरिने र वडाले आफ्नो वडामा खपत भएको पानीको एकमुस्ट पैसा तिर्ने गरी योजना बनाइएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x