‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
सिरहा । लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसैगरि जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यायलयको भौतिक संरचना निर्माण र स्तरोन्नत्तिमा ध्यान दिन आग्रह गरिएको छ ।
नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउनका लागि एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र प्रति कक्षा पङ्खाको अवधारणा लागू गर्न आर्थिक वर्ष २०७९/८० मा ६ करोड र चालू आर्थिक वर्ष २०८०/८१ मा आठ करोड विनियोजन गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राससलाई जानकारी दिए ।
नगरप्रमुख चौधरीका अनुसार यस वर्ष तीन सय ३० बेन्च र ३६ कम्प्युटर तथा प्रिन्टर वितरण गरिएको छ । विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । “प्रविधिमैत्री बनाउन र साधनस्रोत कम भएका विद्यालयलाई आवश्यकताका आधारमा नगरले सहयोग गर्दैआएको छ”, उनले भने ।
एक विद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत एक सय २५ स्वयम सेवक शिक्षक भर्ना गरिएको छ । नगरका ५९ सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर सुधार गर्न प्रयत्नशील रहेको नगरप्रमुख चौधरीले बताए ।
सहिद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले नगरपालिकाको नियमित अनुगमनबाट शैक्षिक सुधार गर्न हौसला मिलेको बताए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत
- बाढीले झोलुङ्गे पुल बगाएपछि करिब दुई सय ५० घरपरिवार समस्यामा
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
- उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
- लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी
- उद्धार कोषलाई इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
- राहत कोषमा सहयोग गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया