भवन जीर्ण बन्दा व्यापारीलाई समस्या
भजनी । कैलालीको टीकापुर नगरपालिका परिसर बाहिर निर्माण गरिएको व्यापारिक भवन निर्माण सम्पन्न भएको एक दशक नबित्दै जीर्ण बन्दै गएको छ । निर्माण सम्पन्न भएको एक दशक मै भवन जीर्ण भएपछि भाडामा बस्दै आएका व्यापारी त्रसित भएका छन् । गर्मीयाममा धुलो झर्ने र वर्षातको समयमा चुहिने समस्याले व्यापारी आजित बनेका हुन् ।
१० वर्षदेखि सोही भवनको सटर भाडामा लिएर व्यापार गर्दै आएका मदिना फेन्सी स्टोरका सञ्चालक नारायण न्यौपानेले पटकपटक नगरपालिकालाई मर्मतका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको बताए ।
“दुई/तीन वर्ष भइसक्यो भवन निकै जीर्ण बन्दै गएको छ, वर्षातको समयमा पानी चुहिने, गर्मीमा बालुवा र माटो झर्ने हुँदा सामान जोगाउनै मुस्किल छ”, न्यौपाने भन्छन्, “सार्वजनिक सम्पत्तिमा मनोमानी गर्ने निर्माण कम्पनी र निगरानी गर्ने नगरपालिकाका इञ्जिनियरले आफ्नो घर पनि त्यस्तै बनाएका होलान् त ?”
उक्त भवनमा १३ कोठा छन् । सबै कोठाको अवस्था त्यस्तै छ । छतको तल्लो भागको पलास्टर झरेर प्रयोग भएका फलामका सरिया देखिन थालेका छन् । भुइँको पलाष्टर निस्किएर खाल्डा परेका छन् । नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूले दुई वर्षदेखि भाडा नतिरेको रितुराज फेन्सी स्टोरकी सञ्चालिका रीता घिमिरे बताउँछिन् ।
भवनकै कारण बिक्रीका लागि राखिएको सामानको बिजोग भएको भन्दै घिमिरेले भवन मर्मत सम्भार भएपछि मात्रै भाडा तिर्ने भनेर नगरपालिकालाई जानकारी गराएको बताइन् । “कोठा छाडेर जान हुन्थ्यो, छाडेर पनि कता जाने ? वर्षौदेखि त्यहीँ बसेर व्यापार गरियो”, उनले भनिन्, “अझै वर्षातको समयसम्म भवन मर्मत सम्भार नभए छाड्नुपर्ने बाध्यता नै छ, विगत जसरी बिताए पनि दिनप्रति दिन सामान जोगाउन मुस्किल हुँदै गएको छ ।”
अर्का व्यापारी तिलक पुनमगरले भवन निर्माण गर्ने निर्माण कम्पनी र नगरपालिकाबाट अनुगमन गर्ने इञ्जिनियरलाई कारबाही गर्नुपर्ने राससलाई बताए । उनले निर्माण कम्पनीको लापरबाहीका कारण भवन एक दशक नपुग्दै जीर्ण बनेको बताए । पुनमगरले भने, “राज्यको करोड रुपैयाँ खर्च गरेर बनेका संरचना छिट्टै जीर्ण हुने तर तिनै इञ्जिनियरले दिएको नक्साअनुसार बनेका निजी संरचना बलिया कसरी हुन्छन् ?, खर्च त निजीभन्दा सरकारीमा बढी भएको हुन्छ ।”
नगरपालिकाको राजस्व उपशाखा प्रमुख डिला उपाध्याय रेग्मीले भवनका बारेमा पटकपटक जनप्रतिनिधि र कार्यालय प्रमुखलाई जानकारी गराएको भए पनि काम अगाडि बढ्न नसकेको बताए । उनले व्यापारीले राजस्व शाखामा पटक–पटक गुनासो ल्याएर आएको जनाउँदै त्यसलाई माथिल्लो तहमा आफूले पु¥याएको बताए ।
व्यापारीबाट गुनासो आउन थालेपछि भवनको नगरपालिकाले अनुगमन गरेको छ । नगर प्रमुख रामलाल डङ्गौरा थारुले भवनको मर्मत सम्भारको नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताए । उनले केही दिनमै भवनको काम अगाडि बढ्ने आश्वासन दिए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया