नमुना एकीकृत बस्ती निर्माण अलपत्र
काभ्रेपलाञ्चोक । बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको उक्त बस्ती निर्माणअन्तर्गत केही घर बन्न बाँकी छन् भने बनेका घरको ‘फिनिसिङ’ गर्न बाँकी छ ।
नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण केही महिनादेखि काम रोकिएको छ । छ घर निर्माण गर्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । बस्ती निर्माण सम्पन्न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि घर निर्माण तथा फिनिसिङको काम अलपत्र बनेको हो ।
बाँकी काम सम्पन्न गर्नका लागि नगरपालिकाले रू. ४० लाख सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले राससलाई बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी कामसक्ने योजना बनाइएको छ ।
नगरप्रमुख टोकबहादुर वाइबाले पहिलो चरणमा लगेको पेस्की फछ्र्योट भएपछि बस्ती निर्माणका लागि उपलब्ध गराउने रकम निकासा गरिने बताए । यसअघि पालिकाले रू. १० लाख सहयोग गरेको थियो । प्राधिकरणबाट समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।
समितिका अध्यक्ष आइतमान तामाङले पटकपटक रू. ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणलाई निरन्तरता दिइएको बताए । समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा रू. दुई करोड ८० लाख निकासा भएको छ ।
तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको हो । एकतले तीनकोठा भएका एकै डिजाइनका घर निर्माण सम्पन्न गर्न जनश्रमदानबाहेक रू. १३ लाख लाग्ने समितिका अध्यक्ष तामाङले जानकारी दिए ।
स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ दुई वर्षअघि एक सय ५० दिन खटिएकी थिइन् । नमुना तामाङ बस्ती निर्माण थालेपछि कामको दिन हेरेर उनीसँगै गाउँका महिला, पुरुष जनश्रमदानमा जुटेका थिए । “गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउथ्यौँ, अहिले पैसा छैन भनेर काम रोकिएको सुनेका छौँ”, पञ्चकुमारीले भनिन्।
उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रू. ५० हजार पाँच वर्षअघि सोही बस्ती निर्माणका लागि दिएका थिए । सरकारसँग सम्झौता गरी तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।
वि.सं. २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रू. एक करोड ४० लाख रकम निकासा भएको थियो । स्थानीय विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत सहयोग गरिरहेको बताए । “भूकम्पपीडितको आवास निर्माणका लागि भनेर आएको पहिलो किस्ताको रू. ५० हजार पनि बस्ती निर्माणमा खर्चिइएका छौँ”, उनले भने ।
बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ । रू. ४० लाखमा निर्माण भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायत सामाग्री सङ्ग्रहित गरिने समितिका अध्यक्ष तामाङले बताए । उनका अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । “छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर निर्माण गरिएको हो”, उनले भने ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया