स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित पार्दै भीमेश्वर नगरपालिका
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाएर अघि बढ्ने भएको छ । जिल्लाकै केन्द्रको रूपमा रहेको नगरपालिकाले स्वास्थ्य तथा पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्न लागेको जनाएको छ ।
संविधान प्रदत्त मौलिक अधिकारको रूपमा रहेको स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकामा स्वास्थ्य संस्थाहरू थप गर्न लागिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । उनका अनुसार जिल्लामा भएको प्रादेशिक अस्पताललाई थप व्यवस्थित गरिनेछ भने आयुर्वेद अस्पताल र आँखा अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नगरपालिकामा वागमती प्रदेश सरकारले ५० शय्याको पशुपति चौलागाईँ स्मृति अस्पताल सञ्चालन गरिरहेको छ । यसलाई सुविधा सम्पन्न बनाउन आवश्यक भवनहरू पनि निर्माण भइरहेको नगरप्रमुख मानन्धरले बताए । संरचना तयार भएपछि शय्या समेत वृद्धि हुँदै जानेछ । विशेषज्ञमार्फत विशेष सेवा प्रदान गर्दै यहीँबाटै जटिल खालका सेवा पनि प्रदान गरिने लक्ष्य राखिएको उनले बताए । उक्त अस्पतालबाट आगामी असोज महिनादेखि किड्नी डायलसिस, आईसीयूलगायतका सेवा प्रदान गरिनेछन् ।
यस्तै संघीय सरकारले संघले आयुर्वेद अस्पताल स्थापनामा सहयोग गर्न लागेको नगरप्रमुख मानन्धरले बताए । उनका अनुसार अस्पतललाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ । यसले यहाँ रहेका जडीबुटीको प्रयोग गर्नेछ । अस्पताल सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल बढ्ने अपेक्षा राखिएको नगरप्रमुख मानन्धरले जानकारी दिए । यस्तै जिल्लाबाटै सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यअनुरूप आँखा अस्पताल पनि सञ्चालनमा ल्याउन लागिएको छ । यसका लागि पनि जग्गा उपलब्ध भएको उनले बताए । तिलगङ्गा आँखा अस्पतालसँग जिल्लामा आँखा अस्पताल निर्माण तथा सञ्चालन गर्न सहमति पनि भएको उनले जानकारी दिए ।
सबैखाले विशेषज्ञ सेवा प्रदान हुँदा नगर चलायमान हुने उनको भनाइ छ । यस्तै शिक्षा, कृषिलगायतका क्षेत्रलाई पनि पर्यटनसँग जोडेर अघि बढाइने लक्ष्य राखिएको उनले बताए । स्वास्थ्यसँगै जोडिएको सरसफाइ क्षेत्रलाई पनि सँगै अघि बढाइएको छ । सरसफाइ संकलन केन्द्र सञ्चालनमा आइसकेको र यसमा प्रशोधन यन्त्र पनि जडान भइरहेको नगरप्रमुख मानन्धरले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया