Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकानगरपालिकाद्वारा ट्याङ्करबाट पानी वितरण

नगरपालिकाद्वारा ट्याङ्करबाट पानी वितरण


जलेश्वर । नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि जलेश्वर नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको बताए ।

मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताएका छन् । बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्द भएको जनाइएको छ ।

यसअघि जलेश्वरमा कहिले पनि पानीको अभाव नभएको बताइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा समेत पानीको समस्या भएको बताइएको छ । खानेपानीको अभाव हुन नदिन काम भैराखेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका

तपाईको प्रतिक्रिया