वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मारमा
काठमाडौं । जिल्लाको गौरीशंकर गाउँपालिका २ जुंगुको वडा कार्यालयमा केही स्थानीयले तालाबन्दी गरिदिएपछि सेवाग्राही मारमा परेका छन् । वडा कार्यालय सार्न लागेको बहानामा पाँच दिनअघि लगाइएको ताला हालसम्म खुलेको छैन ।
वडाको केन्द्रको विषयमा विवाद उत्पन्न भएपछि हाल वडा कार्यालय रहेको भवनमा स्थानीयले गत जेठ ३२ गते कार्यालयमा तालाबन्दी गरेका थिए । वडाध्यक्षले हाल सञ्चालन भइरहेको ठाउँबाट वडा कार्यालय सार्न खोजेको उनीहरूको आरोप छ । वडा कार्यालय तालाबन्दी भएको पाँच दिन बितिसक्दासमेत वडा कार्यालय खुलाउन कसैले पहल नगर्दा सेवाग्राही समस्यामा परेको स्थानीय भीष्म खड्काले बताए । खड्काका अनुसार वडा कार्यालय प्रताप स्मृति प्रतिष्ठानको हलमा सार्न लागिएपछि विवाद उत्पन्न भएको हो । ‘हाल वडा कार्यालय स्वास्थ्य चौकी भवनमा रहेको छ । त्यहाँबाट प्रताप स्मृति प्रतिष्ठानमा सार्न खोजिएपछि विवाद बढेर तालाबन्दीको अवस्थासम्म पुगेको हो’, उनले भने ।
वडा कार्यालय तालाबन्दीको विषयमा गौरीशंकर गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको छ । न्यायिक समितिले अन्तिम निर्णय नदिएसम्म वडा कार्यालयमा लगाएको ताला नखुल्ने तालाबन्दी गर्नेहरूको भनाइ छ । गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति गौरीशंकरका संयोजक श्यामसुन्दर तामाङले आफू कामले जिल्लाबाहिर रहेकोे र मंगलबार पालिका पुगेर वडाको विवाद बुझेर समस्या समाधान गर्ने बताए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया