Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकासूर्यविनायकमा घरेलु, कृषि तथा पर्यटन मेला हुने

सूर्यविनायकमा घरेलु, कृषि तथा पर्यटन मेला हुने


काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला हुने भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवर्द्धन तथा बायोब्याग्स् नेपालको प्रायोजनमा मेला हुन लागेको हो ।

मेला सुर्यविनायकको हरित कृषि तथा थोक बजार, आदर्शमा असार १५ देखी १७ गतेसम्म चल्नेछ । घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धन सँगसँगै उद्योगी व्यवसायीहरुलाई सीधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधि तथा अनलाइन मार्केटिङसम्म पहुँच पु-याउने उद्देश्यले मेला आयोजना गरिएको नगरपालिकाकी उपमेयर तथा मेला मूल संयोजक सरिता भट्टराई तिमिल्सिनाले जानकारी दिईन् । उनका अनुसार मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन, सीप उजागर गरिनेछ । त्यस्तै कृषि र पर्यटनका क्षेत्र मार्फत सूर्यविनायक नगरपालिकाको समग्र विकासमा खेल्न सकिने भूमिकाबारे छलफल, विचार विमर्श र अन्तरक्रिया हुने उनको भनाई छ । मेलाले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने बताईएको छ ।

मेलाका आकर्षणहरुमा भक्तपुरका लघु घरेलु, साना उद्यमी एवं महिला उद्यमीका उत्पादनहरु, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरु, स्थानीय मौलिक उत्पादनहरु जु जु धौ, ताइचिन चिउरा, कालो भादगाउँले टोपी, माटाका भाँडा कुँडाका उत्पादन, कृषि उत्पादन तथा उपज र प्रविधि, हस्तकलाका उत्पादनहरु, काष्ठकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजाः सम्हेबजी, योमरी, चतामरी, बारासहितको फुड फेस्टिभल, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुत, स्थानीय गायक गायिकाहरुको म्युजिक फेस्टिभल लगायत रहेका छन् । मेलामा ९० वटा स्टल रहनेछन् । मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने आयोजकको बिश्वास छ । त्यस्तै स्थानीय मौलिक उत्पादन तथा वस्तु, उद्योग सूर्यविनायक नगरपालिकाकोे स्थानीय, प्रादेशिक, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन भई यस मार्फत पर्यटन उद्योगमा जोड्न सघाउ पुग्ने आयोजकको दाबी छ ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया