काठमाडौं महानगरका मेयर
गरिबमाथि बाहुबली, धनाढ्यसँग निरीह !
काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सहरका फुटपाथका गरिब निमुखामाथि महानगर प्रहरी लगाएर बाहुबली पारामा सडकबाट हटाएर वाहीवाही बटुले । अझै पनि फुटपाथमा गरिबहरुले जीवनयापनका लागि राखेको ठेलागाडा महानगर प्रहरी लगाएर खोस्ने, पिट्नेजस्ता अमानवीय कार्य उनले निरन्तर गरिरहेका छन् ।
उनको ज्यादती फुटपाथका व्यापारीबाट सामान्य टहरा बनाएर जीविकोपार्जन गर्नेमाथि पनि सुरु भएको छ । दक्षिण भारतीय फिल्मी शैलीमा महानगर प्रहरी प्रमुख राजु पाण्डे डोजर लिएर दिनहुँ मान्छेको उठिबास लगाउन लागि परेका छन् । तर गरिब निमुखामाथि बाहुबली शैलीमा उत्रिएका मेयर शाह र उनका प्रहरी कमान्डर धनाढ्यहरूसँग भने निरीहजस्तै बनेका छन् । महानगरभित्र रहेका ठूला धनाड्यले भने महानगरलाई बुझाउनुपर्ने एक अर्ब रुपैयाँ नबुझाउँदा पनि बालेन शाहले केही कारबाही गर्न सकेका छैनन् भने पाण्डे डोजर लिएर उनीहरूको घर र कार्यालय अगाडि जान सकेका छैनन् ।
मेयर शाह महानगरभित्र घर बहालकर, व्यावसाय कर र सम्पत्ति कर असुल्न असफल बनेका छन् । महालेखा परीक्षककको प्रतिवेदनका अनुसार महानगरभित्र विभिन्न शीर्षकमा कर नतिर्नेहरूको सूची सयौँको संख्यामा रहेको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार काठमाडौं महानगरले ७७ करोड ९२ लाख ३१ हजार रुपैयाँ सम्पत्ति कर, ९१ लाख सात हजार सात सय ६८ रुपैयाँ घरबहाल कर उठाउन सकेको छैन ।
क्याटेगोरी : महानगर
ट्याग : #Page 8
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया