Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकादुहवी र इटहरीका आगलागी पीडित घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित घरपरिवारलाई राहत वितरण


सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागी पीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले एक कार्यक्रमका बीच आगलागी पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी हुन् । त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरेको हो । प्रतिपरिवार २५ किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, दुई सेट ब्ल्यांकेट, एक सेट स्ट्यान्ड फ्यान, स्टेसनरी र पेस एक सेट, एक बण्डल जस्तापाता, एक सेट डिग्निटी किट, एक सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको छ ।

यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, तीन ट्याक्टर बालुवा/गिट्टीलगायतका सामग्री सहयोग गरिएको छ । इटहरी ७ का वडा सदस्य दिपक घिमिरेले सहयोग व्यवस्थापन गरेका थिए । गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत् सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।


क्याटेगोरी : नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x