Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाबुढानिलकण्ठ नगरपालिकाको नियमविपरीत कार्य

बुढानिलकण्ठ नगरपालिकाको नियमविपरीत कार्य


बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक खरिद नियमावलीविपरित कार्य गरेको देखिएको छ । सार्वजनिक खरिद नियमावली २०६४ अनुसार १० करोड रुपैयाँसम्मको बोलपत्रको मान्य अवधि ९० दिनसम्म हुन्छ । तर, उक्त नगरपालिकामा बालकुमारी स्कुल निर्माणसम्बन्धी ठेक्कामा नियमविपरीत कार्य गरेको हो ।नगरपालिकासमक्ष उक्त ठेक्कामा एक जना बोलकबोल दाताले असल नियतले बोलपत्रको मान्य अवधि बढाउन २०८० चैत २२ गते पत्र लेखी प्रस्ताव गर्दा केही पनि सुनुवाइ नभएको र नगरपालिकाको जवाफपत्रमार्फत २०८० चैत २३ गते जानकारी पाएको बताएका छन् । बोलपत्र मान्य सकिने अवधि २०८० चैत ३० गते जमानतसहित उपस्थित भई सम्झौताको लागि उपस्थित भएको भन्दा पत्र दर्ता गर्न इन्कार गरेकोले इमेलबाट पत्र पठाएको थियो । ‘नगरपालिकाबाट २०८१ वैशाख दुईमा प्राप्त गरेको पत्र बुझीलिई दर्ता समेत गरेको अवस्था रहेको भन्दै बोलपत्र मान्य अवधि समाप्त भएको दुई दिन अर्थात् ९२ दिनमा मलाई त्यस नगरपालिकाबाट प्राप्त जानकारीपत्रमा फेरि पनि सम्झौता गर्न आवश्यक जमानतसहित आउन ताकेता गरेको छ’, बोलकबोलदाताले भने ।

‘२०८१ वैशाख ४ गते नियमविपरीत मैले दाखिला गरेको जमानत जफत गर्न बैंकमा कर्मचारी पठाई पत्र दर्ता गरेको जानकारी बैंकबाट प्राप्त भयो’, उनले भने, ‘यो नियम तथा आचरणविपरीतको कार्यविरूद्ध सार्वजनिक खरिद अनुगमन कार्यलयले तत्काल छानबिन गरी सार्वजनिक खरिद ऐनको (६१ क) तथा नियमावलीको नियम ५३ को उपनियम (५ क) बमोजिम कारबाही गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’ साथै बैंक जमानत जफत गर्ने कार्य तत्काल रोक्न निर्देशनसहित संलग्न नगरपालिकालाई पत्र लेखिदिन समेत ती बोलकबोलदाताले आग्रह गरेका छन् ।

सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सार्वजनिक निकायले बोलपत्रको मान्य अवधि बढाउनुपर्ने कारणको विश्लेषण गरी पुष्ट्याइँ हुने पर्याप्त आधार भएमा मात्र उपनियम (५) बमोजिम बोलपत्रको मान्य अवधि बढाउन पत्र पठाउन पाइन्छ । बोलपत्रको मान्य हुने अवधि बढाउनुपर्ने त्यस्तो आधार र कारणबीच समयमा नै बोलपत्र मूल्यांकन नगरेको वा पेस भएको मूल्यांकनको सम्बन्धमा समयमा नै निर्णय नगरेको कारणबाट बोलपत्रको मान्य हुने अवधि बढाउँदा त्यसबाट हानी नोक्सानी हुन गएमा सोको जिम्वेवारी त्यस्तो काममा संलग्न कर्मचारी र मूल्यांकन समितिका पदाधिकारी समेतको हुने विनियमावलीमा व्यवस्था छ ।

उपनियम (५) बमोजिमको पत्रअनुसार बोलकबोलको मान्य हुने अवधि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा बोलपत्रदाताले निर्णय गर्न सक्नेछ । बोलपत्रको मान्य हुने अवधि नबढाउने बोलपत्रदाताको जमानत जफत गर्न पाइनेछैन । बोलपत्रको मान्य हुने अवधि बढाउने बोलपत्रदाताले सोहीअनुरुप सम्बन्धित बैंकबाट मान्य अवधि समेत थप गरी बोलपत्र जमानत पेस गर्नुपर्नेछ । यसरी बोलपत्रदाताले अवधि थप गरी बोलपत्र जमानत पेस नगरेमा बोलपत्रको मान्य हुने अवधि बढाएको नमानिने सार्वजनिक खरिदसम्बन्धी नियमावलीमा उल्लेख छ । तर, नियममा स्पष्ट भएको व्यवस्थालाई कसैले अपव्याख्या गर्छ भने त्यस्तो कार्यमा संलग्न निकाय तथा सम्बन्धित कर्मचारीहरू कारबाहीको भागिदार हुनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक धर्मेन्द्रकुमार झाले बताए ।

‘बोलकबोलको मान्य अवधि बोलकबोलको रकमअनुसार फरक हुने भन्दै उनले १० करोडभन्दा कमको बोलकबोलमा मान्य अवधि ९० दिन मात्र हुने बताए । त्यसपछि पनि कसैले प्रक्रिया मिचेर काम गर्छ, गराउँछ भने त्यसलाई काही कारबाही गर्छौैँ’, निर्देशक झाले भने ।
बुढानिलकण्ठ नगरपाललिकाको बालकुमारी स्कुलसम्बन्धी ठेक्कामा सहभागी बोलकबोलदाताले भने उक्त ठेक्कामा ९२ दिनसम्म पनि नगरपालिकाले नियमविपरीत सम्झौता गर्न बोलाएको बताए । नगरपालिकाको उक्त कार्य सार्वजनिक खरिद नियमावलीविपरीत रहेको भन्दै आफू त्यसमा सहभागी नभएपछि नगरपालिकाले एक सय चार दिन पनि अर्कै बोलपत्रदातासँग काम गरेको पाइएको बोलपत्रदाताले जानकारी दिए ।


क्याटेगोरी : नगरपालिका

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x