Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकानगरकोट भ्रमण वर्षको तीव्र तयारीमा चाँगुनारायण नगरपालिका

नगरकोट भ्रमण वर्षको तीव्र तयारीमा चाँगुनारायण नगरपालिका


काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तीव्ररूपमा अघि बढेको जनाएको छ । २०७९ सालमा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि गरेको निर्णयअनुसार २०८२ सालमा भ्रमण वर्ष मनाउन तयारी तीव्र पारिएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए ।

आइतबार चाँगुनारायण नगरपालिका र राष्ट्रिय सञ्चार केन्द्रको आयोजनामा नगरपालिकाको हलमा सम्पन्न ’चाँगुनारायण नगरपालिकाको विकास निर्माण र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

यो कार्यक्रम सफल बनाउन केन्द्र र प्रदेश सरकारसँग अनुरोध गरे पनि ती निकायले वास्ता नगरेपछि नगरपालिका आफैँ कार्यक्रम सफल बनाउन सक्रियतापूर्वक लागेको उनको भनाइ छ । नगरप्रमुख खत्रीले भ्रमण वर्षका लागि वर्षाैंदेखि बन्न नसकेको भक्तपुर नगरकोट सडक मुख्य चुनौतीको विषय बनेको उनको भनाइ छ ।

चाँगुनारायण नगरपालिकाका अधिकांश वडा ग्रामीण बस्ती रहेको र स्थानीयको आम्दानीको प्रमुख आम्दानीको स्रोत कृषि रहेको छ । नगरभित्रका ८० प्रतिशत जमिनमा कृषि उत्पादन गरिँदै आएको पनि पर्याप्त मात्रामा रासायनिक मल ल्याउन भने समस्या परेको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । तर, नगरपालिकाले पशुपालनमा भने उल्लेख्य प्रगति गरेको उनको भनाइ छ । उपप्रमुख बुढाथोकीका अनुसार एक घर एक धाराको नीतिअनुसार सबै नगरवासीलाई आवश्यकताअनुसार पानीको वितरण गर्न बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रको तर्फबाट सल्लाहकार दिवस गुरागाईंले विभिन्न विधामा नगरपालिकाले सुधार गर्न सक्ने विषयलाई बुँदागतरूपमा प्रस्तुत गरेका थिए । त्यस्तै, नगरपालिकाका अधिकृत सुरज पौडेलले नगरपालिकाले नगरवासीका लागि गरेका र गर्न लागेका कामको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेसल आचार्यले कार्यक्रमको महत्व र केन्द्रले गरेका कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।


क्याटेगोरी : नगरपालिका
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x