Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारउप महानगरसिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप

सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप


काठमाडौं । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

सोमबार वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर मेयर राजन पौडेलले नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगर सभा बैठकका लागि सहमत भए पनि एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति बनेको उपमहानगरका एक जनप्रतिनिधिले बताए । नगर सभामा झडप भएपछि नगर सभा सञ्चालन हुन सकेको हुँदा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


क्याटेगोरी : उप महानगर

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x