Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावर्ष बिते पनि तयार भएन गौरीशंकरको प्रशासनिक भवन

वर्ष बिते पनि तयार भएन गौरीशंकरको प्रशासनिक भवन


दोलखा । गत आर्थिक वर्षमा नै निर्माण सक्नेगरी सुरु गरिएको गौरीशंकर गाउँपालिकाको प्रशासनिक भवनले अझै पूर्णता पाउन सकेको छैन । भवन निर्माण गर्न संघीय सरकारको स्थानीय पुर्वाधार विकासअन्तर्गत ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत अनुदानमा सुरु गरिएको थियो ।

गत अर्थिक वर्षमा नै काम सक्नेगरी ठेक्का सम्झौता भएपनि हालसम्म काम नसकिएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । उनका अनुसार दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्कासम्झौता गरिए पनि तीन वर्ष बितिसकेको छ । हाल भवनमा आवश्यक फिनिसिङ तथा कारर्पेटिङ विस्तारको काम भइरहेको छ । असोज दोस्रो साताभित्र अस्थायी कार्यालय छोडेर कार्यालयले नवनिर्मित आरसीसी भवनबाट सेवा सुरु गर्ने तयारी गरेको अध्यक्ष कार्कीले बताए । गत आर्थिक वर्षमै पक्की भवन सर्ने भनिए पनि केन्द्र सरकारले स्थानीय पूर्वाधार विकासमार्फतको ६० प्रतिशत रकम भुक्तानी दिन ढिलाइ गर्दा गाउँपालिकाले भवन निर्माण कार्य रोकिएको उनले बताए ।

ढिलोगरी उक्त रकम आएसँगै आउँदो असोजभित्रै कार्यालयका कामकाज तथा सेवा नवनिर्मित पक्की भवनबाट दिनेगरी तयारी थालिएको गाउँपालिकाका इन्जिनियर सुवोध कुमार चापागाईंले बताए । गत जेठमै उक्त भवनमा सर्ने भनिए पनि केही प्राविधिक समस्या र निर्माण कम्पनीलाई सम्झौताअनुसारको भुक्तानी दिन नसक्दा पक्की भवनबाट सेवा प्रवाह गर्न ढिलाइ भएको चापागाईंले जानकारी दिए । उनका अनुसार भवनको रंगरोगन, बिजुलीको लाइन विस्तार, फर्निचर, ट्वाइलेटलगायतको फिनिसिङको काम सकिएर अहिले कोठामा कार्पेटिङको काम भइरहेको छ । गाउँपालिकाले तीनतलाको भवन निर्माण गर्न प्याकेज/प्याकेजमा गरी तीन चरणमा दुई करोड ५८ लाखमा ठेक्का लगाएको थियो । उक्त भवनमा बैठक हलसहित पालिकाका सम्पूर्ण शाखाका कामकाज सञ्चालन गरिने छ ।

यस्तै, गाउँपालिकाले निर्माण हुन बाँकी रहेका दुईवटा वडाको भवन निर्माण गर्न पनि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको जनाएको छ । पालिकाले वडा नम्बर–२ र ९ को वडा कार्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरेको हो । पालिकाले यस वर्ष पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानी र रोजगार क्षेत्रलाई प्राथमिकतामा राखेर दुई सय १६ वटा योजना तथा कार्यक्रममा बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x