Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकातानसेन र रुरुक्षेत्र गाउँपालिकाको सर्वोत्कृष्ट

तानसेन र रुरुक्षेत्र गाउँपालिकाको सर्वोत्कृष्ट


बुटवल । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा)मा पाल्पाको तानेसन नगरपालिकाले सबैभन्दा धेरै अंक ल्याएर प्रथम भएको छ । तानसेनले सबैभन्दा धेरै ८१ दशमलव २५ अंक ल्याएर हो । दश वटा सूचकहरूमा तानसेनले सबै पाँचभन्दामाथि अंक ल्याएको छ ।

यस्तै, जिल्लाको पूवर्जखोला गाउँपालिका भने ५२ दशमलव ७५ अंक ल्याएर कार्यसम्पादनमा कमजोर देखिएको छ । गाउँपालिकाले विभिन्न दश वटा सूचकहरूमध्ये धेरैजसो सूचकमा पाँचभन्दा कम अंक पाएको छ । त्यसैगरी जिल्लामा ७८ दशमलव २५ अंक ल्याएर बगनासकाली गाउँपालिका दोस्रो भएको छ । यस्तैगरी रम्भा गाउँपालिले ७६ दशमलव ७५ अंक ल्याएर तेस्रो नम्बरमा पर्न सफल भएको छ । त्यस्तै, पाल्पामा क्रमिकरूपमा रामपुर नगरपालिकाले ७५, रिब्दीकोट गाउँपासिलकाले ६९ दशमलव २५, माथागढी गाउँपालिकाले ६८ दशमलव २५, रैनादेवी छहरा गाउँपालिकाले ६७ दशमलव ५०, तिनाउ गाउँपालिकाले ६२ दशमलव ७५, निस्दी गाउँपालिकाले ६१ दशमलव ७५ अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

त्यसैगरी, १२ वटा स्थानीय तहहरू भएको गुल्मीमा रुरुक्षेत्र गाउँपालिकाले सबैभन्दा धेरै अंक ल्याउन सफल भएको छ । गाउँपालिकाले कुल ८७ अंक ल्याएर प्रथम भएको छ । गुल्मी जिल्लामा सबैभन्दा बढी अंक ल्याउने पालिकाहरूको दोस्रो नम्बरमा मदाने गाउँपालिका रहेको छ । गाउँपालिकाले कुल ८५ दशमलव ७५ अंक ल्याएको छ भने क्रमिकरूपमा धुर्कोट गाउँपालिका ८५, चन्द्रकोट गाउँपालिका ८४, रेसुङ्गा नगरपालिका ८४, गुल्मी दरबार गाउँपालिका ८३ दशमलव २५, इस्मा गाउँपालिका ८१ दशमलव २५, कालिगण्डकी गाउँपालिका ८१ दशमलव २५, मालिका गाउँपालिका ८० दशमलव २५, मुसिकोट नगरपालिका ७९, सत्यवती गाउँपालिका ७७ र छत्रकोट गाउँपालिकाले ७५ दशमलव २५ नम्बर ल्याएका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिसा) गाउँपालिका/नगरपालिकाहरूको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया तथा विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जगेर्ना गराउने उद्देश्यले गुणस्तर परीक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिन्छ ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x