Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावैतेश्वरको यार्सामा साङ्गछोलिङ गुम्बा निर्माण

वैतेश्वरको यार्सामा साङ्गछोलिङ गुम्बा निर्माण


दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–३ यार्सामा साङ्ग छोलिङ गुम्बा निर्माण गरिएको छ । गत वर्षदेखि प्रदेश सरकार र गाउँपालिकाको अनुदान तथा स्थानीयको चन्दा संकलनबाट सो गुम्बा निर्माण गरिएको हो ।

उक्त गुम्बाको सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको उपस्थितिमा विधिगतरूपमा गुम्बामा कुशुम गुरु रिपोन्छे, बुद्ध र चेरिन्सिङ भगवानको मूर्ति राखेर उद्घाटन गरिएको छ । लामा गुरुहरूले गुम्बालाई (शुद्धीकरण)पूजागरी गुम्बामा रिपोन्छे, बुद्ध र चेरिन्सिग प्रतिस्थापन गर्ने गरी प्राण प्रतिष्ठा गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष तेन्जिङ शेर्पाले बताए । शेर्पाका अनुसार गुम्बा निर्माणको लागि स्थानीय शेर्पा समुदायले सात लाख चन्दा संकलन गरी जग्गा खरिद गरेका थिए । गुम्बा निर्माणको लागि भने वैतेश्वर गाउँपालिकाले २५ लाख रुपैयाँ र बागमती प्रदेशको १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । हाल पहिलो चरणमा एक तलाको गुम्बा निर्माण गरिएको छ ।

पहिलो तलाको काम सम्पन्न भएपनि दोस्रो चरणको काम गर्न चालू आर्थिक वर्षको लागि पालिकाले पुनः १५ लाख बजेट विनियोजन गरेको अध्यक्ष शेर्पाले बताए । गाउँमा गुम्बा नहुँदा यसअघि यहाँका शेर्पा समुदाय दर्शनको लागि टाढा–टाढाका गुम्बासम्म पुग्नुपर्ने बाध्यता रहेकोे थियो । तर अब उक्त समस्या हटेपछि स्थानीय खुसी भएका छन् । कार्यक्रममा साङ्गछोलिङ गुम्बा समितिले पालिका अध्यक्ष लामालाई सम्मान समेत गरेको थियो । समग्र वैतेश्वरको विकासमा पु¥याएको योगदानको सम्मान गर्दै ‘समृद्ध वैतेश्वर र खुसी वैतेश्वरवासी’ भन्ने अभियान सफल होस् भन्ने कामना समेत यार्साका शेर्पा समुदायले गरेका छन् ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x