Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकामेलुङमा लिफ्ट प्रविधिसहितको प्रशासनिक भवन निर्माण हुने

मेलुङमा लिफ्ट प्रविधिसहितको प्रशासनिक भवन निर्माण हुने


दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले लिफ्ट प्रविधिसहितको सुविधा सम्पन्न गाउँपालिका प्रशासनिक भवन निर्माण गर्ने भएको छ । पालिकाले १८ महिनाभित्र निर्माण सक्नेगरी गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिएको छ ।

पालिकाले १२ करोड ५३ लाख लगानीमा ठेक्कामार्फत भवन निर्माण सुरु गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए । हाल भवनको पहिलो तलामा ढलान गर्ने तयारी थालिएको उनले बताए । मौसमले साथ दिए यही साताभित्र पहिलो तलाको ढलान सकिने बताए । उनका अनुसार गत वैशाखमा ठेक्का लगाएर भवन निर्माणलाई तीव्रता दिएको हो । गाउँपालिकाभित्रका सेवाग्राही नागरिकलाई एउटै स्थानबाट सेवा दिने उद्देश्यले साढे तीन तलाको सुविधा सम्पन्न अत्याधुनिक लिफ्ट प्रविधिको पक्की आरसीसी भवन निर्माण थालिएको हो ।

हाल पालिकाले अस्थायी भवनबाट सेवा प्रवाह गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन् । भवन नहुँदा सेवाग्राहीलाई समेत सेवा लिन समस्या भएको उनले बताइन् । जग्गा नहुँदा भवन निर्माणमा केही समय लागेको उनले जानकारी दिइन् । गाउँपालिकाका प्रमुख इन्जिनियर सुमन नेपालका अनुसार निर्माणाधीन भवनको गुणस्तरीयताको लागि नियमित अनुगमन गरिरहेको सुनाए । उनका अनुसार नयाँ बन्ने प्रशासनिक भवनमा न्यायिक समितिको इजलास, कार्यपालिका मिटिङ हल, सभागोष्ठी, कार्यक्रम हल, पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र गाउँ कार्यपालिकाको सबै शाखाहरूको व्यवस्थापनसहितको लागि २२ कोठाको हुनेछ । भवन निर्माणकाको जिम्मा निर्माण कम्पनी शिम्पानी सनस्ट्रार दिव्यशवरी जेभीले लिएको छ ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x