गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
दोलखा । यहीँ मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । सो पदमा नौ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको हो । उपाध्यक्ष पदमा नेपाली काँग्रेसबाट पासदिकी तामाङ, एमालेबाट उमा लुंगेलीमगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, एकीकृत समाजवादीबाट रविना खड्का, रास्वपाबाट गोमा श्रेष्ठ, राप्रपाबाट मनकुमारी श्रेष्ठ र जसपाका सपना कार्कीको उम्मेदवारी परेको छ । यस्तै, अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिवशम्भु तामाङ र सार्कीमा शेर्पाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७९ को निर्वाचनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले श्यामसुन्दरकी पत्नी पासदिकीलाई उम्मेदवार बनाएको छ ।
गौरीशंकर गाउँपालिकामा गत निर्वाचनमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको गठबन्धन भएको थियो । गठबन्धनबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । यस्तै, ५ वटा वडाका वडाध्यक्षमा माओवादी केन्द्र, ३ वडामा नेपाली कांग्रेस र एक वडामा नेकपा एमाले निर्वाचित भएका थिए । १२ वटा मतदान केन्द्र रहेको गौरीशंकर गाउँपालिकामा नौ वटा वडाहरू रहेका छन् ।
क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
- अर्थतन्त्रका बाह्य सूचक राम्रा, आन्तरिक नराम्रा
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- प्रधानमन्त्रीको दाबीजस्तो अर्थमा सुधार देखिएन
- भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित
- चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
- लघुवित्तहरूको वित्तीय स्थिति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया