पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि सुरु भएको ३२औँ राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन कार्यदल बनेको जानकारी दिए ।
कार्यदको प्रतिवेदन आइसकेपछि आवश्यक पूर्वाधार तयारीमा लाग्ने उनले बताए । पोखरालाई देशकै पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न सबै पक्षको साथ सहयोग चाहिने उनको भनाइ छ । यस्तै, उनले फेवातालको मापदण्ड मिचेर बनाइएका अवैध संरचना हटाउन भनी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘यो स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारसँग जोडिएको विषय हो, अदालतको फैसला कार्यान्वयन गर्नुको विकल्प छैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘सम्बन्धित पक्षहरूसँग आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने आवश्यकता छ ।’ कार्यक्रममा उनले उद्योगी–व्यवसायीको हितका लागि नीति निर्माणदेखि आवश्यक सहयोग गर्न समेत प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री पाण्डेले बेरोजगारीको समस्याले युवा पलायनको अवस्था भोग्नुपरेको उल्लेख गरे । बेला–बेलामा आयोजना हुने मेला महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले मेला महोत्सवले आर्थिक गतिविधि बढ्ने बताए । मन्दीको चपेटामा परेका उद्योग, व्यवसायीलाई महोत्सवले थोरै भए पनि राहत पुग्ने उनको विश्वास थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले औद्योगिक, सूचना, प्रविधि, कृषिजन्य, हस्तकलालगायत उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि मेला आयोजना गरिएको बताए । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालित मेलामा ९० लाख रुपैयाँ आम्दानी हुने र ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : पर्यटन उधोग, प्रदेश समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया