Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसरकारबाट बाहिरियो जसपा, उपेन्द्र यादवले दिए राजीनामा

सरकारबाट बाहिरियो जसपा, उपेन्द्र यादवले दिए राजीनामा


काठमाडौं । जसपा नेपाल सरकारकाबाट बाहिरिएको छ । सरकारमा सहभागि भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिएको हो ।

यादवसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो । मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया