Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसरकारलाई दिएको समर्थन फिर्तालिने तयारीमा एमाले

सरकारलाई दिएको समर्थन फिर्तालिने तयारीमा एमाले


काठमाडौं । सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । बुधबार दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने बताइएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x