Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे एमालेद्वारा संसद् सचिवालयलाई जानकारी

सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे एमालेद्वारा संसद् सचिवालयलाई जानकारी


काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जानकारी गराएको छ ।

शुक्रबार सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी गराएका हुन् । पत्रमा भनिएको छ, “प्रधानमन्त्री दाहालको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेका तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।”

प्रधानमन्त्रीलाई समेत यस विषयमा जानकारी गराइ सकिएकाले एमाले संसद्मा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x