Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह


काठमाडौं । सङ्घीय संसद् भवनमा आइतवार बसेको नेकपा (एमाले)को पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ ।

काँग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले सरकार अल्पमतमा परेकाले अविलम्ब राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको हो । यता प्रधानमन्त्री ‘प्रचण्ड’ ले आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

बैठकले मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तीव्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई धन्यवाद दिएको छ । नेकपा एमालेका सांसद आस्मा चौधरीका श्रीमान् लौटन चौधरीको निधनप्रति पार्टीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x